नेपाल रामबिना र भारत सीताबिना अधुरो छ : मन्त्री किराँती (भिडिओ) – Nepal Press

नेपाल रामबिना र भारत सीताबिना अधुरो छ : मन्त्री किराँती (भिडिओ)

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् ।

मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताए ।

उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए । उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए ।

उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए ।

महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवालाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको उनको भनाई छ ।

मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर