प्रचण्डले विप्लवलाई भने- तपाईं मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न मद्दत हुन्छ – Nepal Press

प्रचण्डले विप्लवलाई भने- तपाईं मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न मद्दत हुन्छ

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव मोर्चामा आउँदा आफूहरुमाथि लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताएका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कमरेड विप्लवले नेतृत्व गरेको यो मोर्चा पनि सामेल भएको छ। यो राम्रो पक्ष हो । यसको गुणात्मक र क्रान्तिकारी महत्व छ। हामी पार्लामेन्टी पोलिटिक्समा अलिबढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद विप्लवजस्ता पार्टीहरु हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाई लाग्छ। आजको यो मोर्चा गठन र घोषणाको दुर्गामी महत्व छ । यो क्षणिक आवेगमा गरिएको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर