नक्कली शरणार्थी प्रकरण- लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार – Nepal Press

नक्कली शरणार्थी प्रकरण- लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जना बाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउँने आदेश दिएको छ ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो ।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन अदालतले आदेश दिएको हो ।महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटी माग समेत अश्वीकार भएको छ ।


प्रतिक्रिया

One thought on “नक्कली शरणार्थी प्रकरण- लक्ष्मी र टंकलाई धरौटी, भीआइपीसहित बाँकी सबै पुर्पक्षका लागि कारागार

  1. प्रचण्डको आडमा टोपबहादुर यो प्रकरणमा संलग्न भएको पाईयो भुटानी शरणार्थी नेता टेकनाथ रिजालको भनाई अनुसार । त्यतिबेला ओलि र प्रचण्डबीचको लडाई तिव्र थियो । पूर्व माओवादी र माधव झलनाथ पक्षका पूर्व एमाले एकातिर अनि ओलि निकट पूर्व एमाले एकातिर । ओलि प्रधानमन्त्री भएदेखि नै यी दुई समुहबीच लडाई थियो । मोदीको आडमा प्रचण्डहरू ओलिलाई हटाएर पार्टी कब्जा गर्न चाहान्थे । त्यसैले नक्कली भुटानीको केशमा पूर्व माओवादीहरू प्रचण्डको निर्देशनमा लागेको देखियो । पूर्व एमाले कोही पनि छैनन । पार्टी फुटदा कसलाई कता जान मन लाग्यो त्यसका विभिन्न कारण छन् । त्यसैले यो प्रकरण शुरूमा प्रचण्डको नेतृत्वमा पूर्व माओवादीबाट रचिएको र पछि देउवाको सरकार आएपछि काँग्रेस झन बढी लागेको देखियो । यसबाट प्रमाणित हुन्छ कि माओवादि र काँग्रेस यो देशका लुटेरा हुन् । एमालेले यस्तो काम गर्नै सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *