हाम्रो एकमात्रै योजना बढीभन्दा बढी रुसीहरुलाई मार्नु होः युक्रेन राष्ट्रपतिका सहयोगी – Nepal Press

हाम्रो एकमात्रै योजना बढीभन्दा बढी रुसीहरुलाई मार्नु होः युक्रेन राष्ट्रपतिका सहयोगी

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले युक्रेनको एकमात्रै योजना बढीभन्दा बढी रुसी मार्ने भएको बताएका छन् ।

बिहीबार टेलिम्याराथनमा बोल्दै पोदोलियाकले भनेका छन्, ‘यहाँ भएको एकमात्रै योजना भनेको घातक हमला गरेर बाटोमा बढीभन्दा बढी रुसी मार्नु हो ।’

उनले सन् १९९१ मा कायम भएको रुस र युक्रेनको सीमालाई नै अन्तिम मान्ने गरी अगाडि बढ्ने बताएका छन् ।

रुसविरोधी छवि बनाएका पोदोलियाकले गत मेमा पनि यस्तै उत्तेजक अभिव्यक्ति दिएका थिए । युक्रेनी रुसीलाई घृणा गर्ने भन्दै उनले दुनियाँमा जतासुकै भेटे पनि रुसीलाई कारबाही गर्ने बताएका थिए ।

गत हप्ता युक्रेनका रक्षामन्त्री एलेक्सी रेज्निकोभले पश्चिमा देशहरु (अमेरिका र युरोप)ले बढीभन्दा बढी रुसी मार्ने गरी अगाडि बढ्न सल्लाह दिएको सार्वजनिक अभिव्यक्ति दिएको रुसी मिडिया आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर