जापानी विमानस्थलको धावनमार्गमा जहाज जुधे, यात्रु सकुशल – Nepal Press

जापानी विमानस्थलको धावनमार्गमा जहाज जुधे, यात्रु सकुशल

काठमाडौं । जापानको एक विमानस्थलमाको धावनमार्गमा दुई जहाज जुधेका छन् ।

जापानको राजधानी टोक्योको विमानस्थलमा थाइ एअर र इभा एअर जुधेका थिए । शनिबार जुधेका दुई जहाजको कारण यात्रुलाइ भने कुनै चोटपटक नलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

टोक्योको हानिदा विमानस्थलमा भएको घटना हुँदा थाइ एअरको पखेटामा असर गरेको र विमानस्थललाई केही समय उडान निषेध गरिएको जर्मनीको विश्व च्यानल डुड्ब्लुले उल्लेख गरेको छ । अहिलेसम्म जहाज जुध्नुको कारण सार्वजनिक गरिएको छैन ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर