पूर्वमन्त्री चौधरीको निधन – Nepal Press

पूर्वमन्त्री चौधरीको निधन

रुपन्देही । पूर्वमन्त्री, बामपन्थी नेता, संस्कृतिविद् महेश चौधरीको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

दाङको दंगीशरण गाउँपालिका–४ बैवाङ स्थायी घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं १७ बेलभारमा बस्दै आएका चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधवार निधन भएको हो । हर्निया, लिभरको समस्या बाट पीडित चौधरीको उच्च रक्तचापका कारण निधन भएको अस्पतालले जनाएको छ ।

२००८ सालमा जन्मिएका चौधरी अर्थशास्त्र र भूगोलबाट एमएसम्मको शिक्षा लिएर ललितपुरको शिवशान्ति माविका प्रधानाध्यपक तथा २०३५ सालदेखि दाङको महेन्द्रबहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए ।

तत्कालीन नेकपा मालेको नीतिअनुसार प्राध्यापन छोडेर चौधरी २०४३ सालमा जपक्षिय उम्मेदवार बनेका थिए । पछि नेकपा एमालेको तर्फबाट चौधरी २०४८ मा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

पछिल्लो समय राजनीतिकरुपमा निष्कृय भएर प्राङागरिक मल उद्योग खोलेर जीवनयापन गरिरहेका चौधरीका २ छोरा १ छोरी र श्रीमति छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर