सरकारलाई गगनको आग्रह- निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याऔँ – Nepal Press

सरकारलाई गगनको आग्रह- निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी बजेटमा व्यवस्था भएकोमा त्यसलाई सच्याउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई बोल्दै जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालयमार्फत गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको उल्लेख गर्दै सच्याउन माग गरे।

उनले भने, ‘स्वतन्त्र, निष्पक्ष निर्वाचन लोकतान्त्रिक शासन प्रणालीको अनिवार्य सर्त हो। यो पटक बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने यो काम भयो भने निर्वाचन आयोगको भूमिकालाई सङ्कुचित पार्छ र प्रभावित गर्छ। जिल्ला प्रशासनले गर्ने काम प्रकारान्तरले कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन सक्दैन।’

उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो भन्दै प्रश्न गरे।

सरकारले हुलमुलमा आयोगहरू, कार्यालयहरू कटौती गर्दा निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ यथेष्ट ध्यान नपुर्‍याएको आरोप लगाए।

उनले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्याउनका सरकारसँग माग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर