१० तस्बिरमा हेर्नुहोस् से-फोक्सुण्डो – Nepal Press

१० तस्बिरमा हेर्नुहोस् से-फोक्सुण्डो

डोल्पा । ३६ सय ११ मिटर उचाइमा अवस्थित से-फोक्सुण्डो ताल पछिल्लो समय नेपाली पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

वरिपरि कान्जिरेवा हिमाल, ताइकातुङ हिमाल लगायत पहाडहरूले घेरेको मनमोहक फोक्सुण्डो धैकथाङदेखि छोलोक्पु हुँदै रिग्मो गाउँसम्म फैलिएको छ ।

तालको लम्बाई साढे छ किलोमिटर छ भने चौडाइ करिब एक किलोमिटर रहेको छ ।

विशेष गरेर दशैं तिहारको सिजनमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।

हिउँदको सिजनमा भने यस ताल वरपर बस्ने अधिकांश स्थानीय तल छेक्पा, पलम, बोर्डिङ लगायत गाउँतिर झर्छन् ।

वर्खायामको सिजनमा भने उनीहरूमाथि रिग्मो गाउँ उक्लेर होटेल व्यवसायमा संलग्न हुने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *