एमाले बाहिरिएपछि नियुक्त भएका थिए पूर्वनासु, खतिवडाले सोधे- कसले र किन ल्यायो ? (भिडिओ) – Nepal Press

एमाले बाहिरिएपछि नियुक्त भएका थिए पूर्वनासु, खतिवडाले सोधे- कसले र किन ल्यायो ? (भिडिओ)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले करका दरमा चलखेल गरेको आरोप लागेका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई अहिलेका अर्थमन्त्री आउनुभन्दा अघि करारमा नियुक्ति गरिएको भन्दै यसबारे छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा अर्थ मन्त्रालयमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा उनले प्रश्न उठाएका हुन् ।

सांसद खतिवडाले विगतदेखि हालसम्म ती पूर्वकर्मचारीलाई कसले र किन नियुक्त गरिएको हो भन्ने प्रश्न गरे । उनले श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको कागज सार्वजनिक गरेका छन् ।

फागुन १९ मा अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिएका थिए । फागुन २३ गते एमाले सरकारबाट बाहिरिएको थियो । विष्णु पौडेल अर्थ मन्त्रालयबाट बाहिरिएको ४ दिनपछि श्रेष्ठलाई नियुक्ति दिइएको खतिवडाले सार्वजनिक गरेको पत्रमा देखिन्छ ।

त्यसबेला अर्थ मन्त्री प्रचण्ड स्वयं थिए भने सचिव तोयम राय थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर