इन्सपेक्टरको बढुवा सिफारिस- ६ महिला र एक दम्पती, शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई जना पनि परे – Nepal Press

इन्सपेक्टरको बढुवा सिफारिस- ६ महिला र एक दम्पती, शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई जना पनि परे

काठमाडौं । गृह मन्त्रालयले सोमबार नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस निकालेको छ ।

२०७० सालमा प्रहरी निरिक्षकमा नाम निकालेकामध्येबाट भएको बढुवा सूचीमा हालै भएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धानमा संलग्न दुईजना इन्सपेक्टर पनि समावेश छन् ।

काठमाडौं प्रहरी परिसरमा कार्यरत दिपेश बस्याल र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत्त दयानिधी भट्ट बढुवा सिफारिसमा परेका हुन् । सिफारिस सूचीमा ६ जना महिला र एक दम्पती पनि छन् ।

सुरक्षा केसी र रघुसिंह विष्ट श्रीमान्-श्रीमती हुन् । सिफारिसमा परेका अन्य महिला अधिकृतमा चेतना पोखरेल, एलिजा गिरी, लक्ष्मी खनाल, शुभद्रा वाइबा र रुपा थापा छन् । २०७० सालमा एकैलटमा १ सय ४६ जना इन्सपेक्टरमा छनोट भएका थिए । त्यसमा ९ जना महिला थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर