लागू भयो विवादास्पद नागरिकता ऐन, सीडीओ कार्यालयले राख्यो यी प्रावधान – Nepal Press

लागू भयो विवादास्पद नागरिकता ऐन, सीडीओ कार्यालयले राख्यो यी प्रावधान

काठमाडौं । विवादास्पद नागरिकता ऐन लागू भएसँगै सीडिओ कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरु संलग्न राखी जेठ २२ गते देखि कार्यालय समयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

जसमा वडा अध्यक्षको सिफारिस सहितको अनुसूची-१ फाराम, बाबु र आमाको सक्कल नेपाली नागरिकता र फोटोकपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र / नाबालक परिचयपत्र, बाबु-आमा र सन्तानबीचको नाता प्रमाणित, बसाई सराई गरी आएकाको हकमा बसाईसराई दर्ता प्रमाण पत्रलगायतका कागजात मागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *