एमालेलाई रमेश लेखकको व्यंग्य- महाकाली किनाराको मान्छे, पानीजहाज चढ्दा स्वर्गानुभूति हुन्छ भन्ठानेथे (भिडिओ) – Nepal Press

एमालेलाई रमेश लेखकको व्यंग्य- महाकाली किनाराको मान्छे, पानीजहाज चढ्दा स्वर्गानुभूति हुन्छ भन्ठानेथे (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएका पानीजहाजको एजेण्डा कहाँ कार्यान्वयन भयो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै नीति तथा कार्यक्रम यथार्थमा टेकेर कार्यान्वयनमा जोड दिए।

उनले भने, ‘म महाकाली नदी किनाराको मानिस एक पटकको नीति तथा कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो। कञ्चनपुरबाट पानीजहाज चढेर डडेलधुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भयो। पानीजहाज पनि चानचुन होइन नर्वेजीन क्रुजजस्तै होला भन्ने अनुमान गरे। यो नीति तथा कार्यक्रममा हाम्रो वास्तविक धरातलमा झरे जुन दिन म जस्ता मान्छे पानीजहाज चढेको होइन। जयसिंह धामी त्यही महाकाली नदिनमा डुबेर मरे महाकाली नदीमा नर्वेजीन क्रुजको यात्रा र तुइन चुँडेर त्यसै नदीमा मानिस मर्नुको बीचको मर्नुको अन्तरको खाडल हो हामी बीचको।’

सत्ता पक्ष र प्रतिपक्षबीच दुई मिटरको समस्या भएको बताए।


प्रतिक्रिया

One thought on “एमालेलाई रमेश लेखकको व्यंग्य- महाकाली किनाराको मान्छे, पानीजहाज चढ्दा स्वर्गानुभूति हुन्छ भन्ठानेथे (भिडिओ)

  1. काँग्रेस बाँदर जस्तै हो । आफू पनि नबनाउने अर्कोलाई पनि बनाउन नदिने । केपिले देशमा अभूतपूर्व विकास गरेको नदेख्ननेले त आँखाको जाँच गराउनुपर्छ । पानी जहाज, रेल, ग्याँसको पाइप, चीनतर्फ बाटो , चीनबाट पनि समुन्द्रसँग जोडिने कुरा काम ओलिले गर्छन, एमालेले गर्छ । तिमीहरू त लुटन भन्दा केही जान्ने भए पो ! एउटा दिल्लीको एजेण्टलाई अघि सारेर देश बेच्न लागेका छौ तिमीहरूले । तर याद गर देश बेचुवाहरू ! एमाले र जनता भएसम्म तिमीहरूलाई यस्तो कुकर्म गर्न दिने छैन । कडा कारवाहीमा पर्ने छौ । अनि त्यो विश्व प्रकाश भन्ने साँसद झापामा एमालेले पेलेर निचोरिनु परेको पीडा संसदमा पटकपटक एमाले विरूद्व खनिन्छ । सरकारको नीति कार्यक्रममा छलफल गर्न रोष्टममा उभिएको बेलामा पनि एमाले र ओलिलाई नै मात्रै गाली गर्छ । स्वयम् प्रचण्ड पनि नीति कार्यक्रमको जवाफ दिन छोडेर विपक्षीलाई खुईल्याउन खोज्छ । यस्तो पनि प्रधानमन्त्री हुन्छ ? आफू खुईलिदै गएको हेक्का छैन । दिल्लीले जोडजाम गरिदिएको देश बेचुवा गठबन्धन भएसम्म देश उँभो लाग्दैन । अब यी देश बेचुवाबाट देशलाई मुक्त गर्नुपर्छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर