माओवादीको प्रष्टीकरण- लडाकु शिविरमा कुनै घोटाला भएको छैन – Nepal Press

माओवादीको प्रष्टीकरण- लडाकु शिविरमा कुनै घोटाला भएको छैन

शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न कुनै सम्झौता नगर्न सरकारलाई सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको छ ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै भने, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।’

यस्तै, महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं. २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं ।’
यस्तै, नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारवाही गरी राष्ट्रको शान जोगाउन उत्साह र मनोवल उठेको बताएको छ ।

‘सबै पार्टीका समर्थक, सुभचिन्तक र आम खोजिएको छ । यसले समग्र जनतामा जनसमुदायमा सकारात्मक तरंग पैदा गरेको छ । यसले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ र श्रम र उत्पादनप्रति सम्मान बढेको छ उनले विज्ञप्तिमार्फत् भनेका छन् ।

सरकारले दोषीहरुलाई कारवाही गर्न कुनै कसुर बाँकी नराखि कुनै कुनैपनि किसिमको सम्झौता नगर्न सरकारलाई सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर