चीनको फुजिआनको विश्व प्रसिद्ध वायु ऊर्जा केन्द्र (तस्बिरहरू) – Nepal Press

चीनको फुजिआनको विश्व प्रसिद्ध वायु ऊर्जा केन्द्र (तस्बिरहरू)

फुजो (फुजिआन) । चीनको दक्षिण पूर्वी प्रान्त फुजिआन वायु ऊर्जा उत्पादनमा विश्वमै नामी प्रान्त हो । ताइवानसँग जल सीमा जोडिएको फुजिआनमा चीनले विश्वको सबैभन्दा ठूलो ‘अफसोर’ वायु ऊर्जा उत्पादन क्षेत्रहरूमा एउटा क्षेत्र हो ।

सिन्ह्वाका अनुसार फुजिआनमा थ्री गोर्गेजको १६ मेगावाटको विश्वको सबैभन्दा ठूलो अफसोर टर्वाइन समेत फुजिआनमै छ।

वायुमा धुलाको कण आधा भन्दा कम गर्न र हरित ऊर्जा उत्पादनमा चीनले फुजिआन क्षेत्रमा वायु ऊर्जामा काम गरेको हङकङबाट प्रकाशन हुने अखबार साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

यही विश्वको चिनिएको वायु उत्पादन क्षेत्रमा क्षेत्रमा मे दोस्रो हप्ताबाट विश्वका दर्जन विकासशील देशका इन्जिनियर, अर्थशास्त्री, भूगोलवेत्ता देखि ऊर्जामा कलम चलाउनेहरूलाई चीनको ‘पावन चाइना’ले एक सेमिनार आयोजना गरेको छ।

सेमिनारका सहभागीलाई आइतबारबाट चार दिन फुजिआन क्षेत्रमा ल्याइएको छ। फुजिआन क्षेत्रको वायु ऊर्जा केन्द्रमा आएका नेपाल सरकारको ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागका इन्जिनियर विजय पुरीले नेपालमा फुजिआनबाट वायु ऊर्जा क्षेत्रमा सिक्ने कुरा धेरै भएको बताए।

‘मुस्ताङमा अभ्यास भएर राम्रो चलेन। तर, गर्दा हुने रहेछ’, पुरीले भने, ‘प्रसारण लाइन र सडक पूर्वाधार भएका वायुको राम्रो प्रभाव भएको क्षेत्रमा नेपालमा वायु ऊर्जामा काम गर्न सकिने ठाउँ प्रशस्त छन् ।’

चिनियाँ ऊर्जा क्षेत्रका प्राध्यापक वाङ झीआइका अनुसार फुजिआन क्षेत्रको वायु अक्टोबरबाट अप्रिलसम्म अत्यन्तै राम्रो हुन्छ। अरू समयमा कमजोर हुने भन्दै प्राध्यापक झीआइ भन्छन्, ‘यही एकरूपता नहुने भएकोले नै वायु ऊर्जालाई जलविद्युत र सौर्यलगायतका अरू ऊर्जा नेटवर्कसँग जोडेर काम गर्नुपर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर