सुनिता डंगोललाई लिएर एमाले अध्यक्ष ओली पुगे भिक्टर र रियाशाको विहे भोजमा (तस्बिरहरु)


काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) को विवाहको रिसेप्सन पार्टीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरिक भएका छन् ।
बुधबार विवाह बन्धनमा बाँधिएका उनीहरुले आज गठ्ठाघरस्थित जर्मन होम्समा पार्टी दिएका हुन् । पार्टीमा एमाले अध्यक्ष ओली, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, युवा नेता प्रदीप पाैडेल तथा केही देशका राजदूतसमेतको उपस्थिति रहेको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका थिए ।
उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।
भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । पहिलोपटक नेपाल प्रेसमा उनीहरुको अफेयरबारे समाचार प्रकाशित भएको थियो ।