एमाले कोशी संसदीय दलको उपनेता राम राना र सचेतकमा सिर्जना राई चयन – Nepal Press

एमाले कोशी संसदीय दलको उपनेता राम राना र सचेतकमा सिर्जना राई चयन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा राम राना मगर चयन भएका छन् ।

इलाम २ (२) बाट निर्वाचित उनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्रीसमेत भएका थिए । त्यस्तै सचेतकमा सिर्जना राईलाई मनोनीत गरिएको छ ।

उनी भोजपुरबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेकी हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले १३ बाट मन्त्रालयको संख्या घटाएर ९ बनाएसँगै उनीहरूलाई उपनेता र सचेतकमा नियुक्ति गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर