हिमपहिरोमा हराएकाहरूको खोजी कार्य जारी, सात जना सम्पर्कमा आए पाँच जना अझै बेपत्ता – Nepal Press

हिमपहिरोमा हराएकाहरूको खोजी कार्य जारी, सात जना सम्पर्कमा आए पाँच जना अझै बेपत्ता

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिकामा हिम पहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । अहिले सम्म सात जना सम्पर्कमा आइसकेको र अन्य पाँच जना अझै सम्पर्क विहीन रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

‘अहिले सम्म सात जना सम्पर्कमा आइसक्नु भएको पाँच जनाको खोजी कार्य जारी छ’ उनले भनिन्। उनका अनुसार चार महिला र एक पुरुष अझै बेपत्ता छन् ।

अहिले पनि वर्षा र हिमपात भइरहेका कारण उद्दार कार्यमा कठिनाइ भइरहेको छ । ‘अहिले सम्म मौसममा सुधार भएको छैन । उद्धारमा समस्या छ’ प्रजिअ जोशीले भनिन्, ‘मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन पनि सकिरहेका छैनन् ।’
मंगलबार दिउँसो हिम पहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण बेपत्ता भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *