‘देव वाणी’ को छायांकन तराईका जिल्लाबाट थालिने – Nepal Press

‘देव वाणी’ को छायांकन तराईका जिल्लाबाट थालिने

काठमाडौं । बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ आगामी वैशाख १९ गतेबाट वीरगञ्ज र तराईका विभिन्न स्थानमा छायांकन हुने भएको छ । फिल्मको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्डिङ गरिएको थियो ।

मनोहर सुनामको संगीत रहेको गीतमा गायक प्रताप दास र गायिका सुनिता कार्कीले स्वर दिएका थिए । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, देव सिंह, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । त्यस्तै महेन्द्र यादव कार्यकारी निर्माता, तेञ्जु योञ्जन कोरियोग्राफी र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशन छन् । फिल्म नेपाली र भोजपुरी भाषामा निर्माण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर