कन्सर्टको लागि नेपाल आउँदै बलिउड गायक ‘पापोन’ – Nepal Press

कन्सर्टको लागि नेपाल आउँदै बलिउड गायक ‘पापोन’

काठमाडौं । भारतीय सिने उद्योग बलिउडका चर्चित गायक ‘पापोन’ नेपाल आउने भएका छन् । आगामी बैशाख २३ गते हुने कन्सर्टको लागि उनी नेपाल आउन लागेका हुन् ।

पापोनको यो पहिलो भ्रमण भएको उनलाई नेपाल ल्याउने आयोजक संस्था लिक्विड इन्टेलिजेन्सले उल्लेख गरेको छ । २३ गतेको पापोन कन्सर्ट होटल सोल्टीको प्रिवे क्लबमा हुनेछ । कन्सर्ट साँझ ७ः३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

‘जिए क्यूँ’, ‘मोह मोह के धागे’ जस्ता प्रसिद्ध हिन्दी गीत गाएका पापोनका फ्यानहरु नेपालमा पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर