गुरुङ साहित्यिक मञ्च स्थापनाको छैटौँ वर्ष : इटहरीमा रचना वाचनदेखि विमर्शसम्मका कार्यक्रम – Nepal Press

गुरुङ साहित्यिक मञ्च स्थापनाको छैटौँ वर्ष : इटहरीमा रचना वाचनदेखि विमर्शसम्मका कार्यक्रम

काठमाडौं । गुरुङ साहित्यिक मञ्चको छैटौँ स्थापना दिवसको अवसरमा चैत २१ गते (मङ्गलवार) इटहरीमा विभिन्न कार्यक्रमहरू हुने भएका छन् ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा विभिन्न कार्यक्रमहरू तय भएका छन् । कार्यक्रम संयोजक मिश्रा माया गुरुङका अनुसार पहिलो सेसनमा ‘भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती’को विमर्श हुनेछ भने दोस्रो सेसनमा ‘साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति’ बारेमा विमर्श हुनेछ ।

संस्था चिनारी वृत्तचित्र, सदस्यता प्रमाणपत्र वितरण, खुल्ला रचना वाचन, स्रष्टा सम्मान र पुस्तक विक्री समेतका कार्यक्रमहरू तय गरिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा दर्जन बढी सर्जकहरूले कविता वाचन गर्नेछन् भने नेपालका चर्चित कवि मनु मन्जिलले कविताहरूमा टिप्पणी गर्ने गुरुङ साहित्यिक मञ्चले जानकारी दिएको छ ।

‘यो गुरुङ साहित्यिक मञ्चको कार्यक्रम भएपनि यो गुरुङ समुदायको मात्रै कार्यक्रम होइन’, इटहरी सामाजिक अभियानकर्मी तथा कार्यक्रमका सहयोगी दिव्यराज गुरुङ भन्छन्, ‘यो रचना वाचन देखी विमर्शको साझा मन्च हो । यसले इटहरीलाई पूर्वको साहित्यको मुकाम बनाउन थप सहयोग पुर्‍याउनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *