गठबन्धन बैठक : दलहरुले अझै दिएनन् मन्त्रीको नाम, आजै शपथको सम्भावना न्यून – Nepal Press

गठबन्धन बैठक : दलहरुले अझै दिएनन् मन्त्रीको नाम, आजै शपथको सम्भावना न्यून

काठमाडौं । सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी छ । कुन दललाई कुन मन्त्रालय दिन भन्ने टुंग्याउन बसेको बैठकले आजै बेलुका ७ बजेसम्म मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेपनि त्यो सम्भावना न्यून हुँदै गएको एक नेताले बताए ।

ती नेताले भने, ‘७ बजेसम्मा शपथ गराउने भनिएको थियो। तर, अहिलेसम्म कुन दललाई कुन मन्त्रालय भन्ने टुंग्याउन सकेको छैन । त्यसैले आज हुनसक्ने सम्भावना कम छ ।’

प्रधानमन्त्रीले कुन दललाई कुन मन्त्रालय भन्ने नै टुंग्याउन नसकेको तीन नेताले बताए । त्यसैले दलहरुबाट अहिलेसम्म मन्त्रीको नाम पनि नदिएको ती नेताको भनाइ छ ।

अहिले बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत केही नेताहरुले अहिलेसम्म आइपुगेका छैनन् । तर, प्रधानमन्त्री सहभागी दलहरुसँग छलफल गरिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर