उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय – Nepal Press

उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति वैठकले चितवन-२, बारा २ र तनहुँ १ मा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो ।

चितवनमा २ मा रास्वपा सभापति रवि लामिछाने अत्यधिक मतले विजयी भएका थिए । सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि त्यहाँ उपचुनाव हुन लागेको हो । लामिछाने फेरि सो निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा छन् । अन्य क्षेत्रहरुको भने उम्मेदवार तय भएको छैन ।

रास्वपाले उपनिर्वाचन हुने ३ क्षेत्रमा निर्वाचन संयोजक तोकेको छ । चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर