पत्रकार दर्नालद्धारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक – Nepal Press

पत्रकार दर्नालद्धारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक

काठमाडौं । पत्रकार लक्ष्मण दर्नालद्धारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७–२०७९’ सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ५८औँ अन्तर्राष्ट्रिय रङ्ग तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा दलित समुदायबाट हालसम्म भएका मन्त्री, सांसद, राजदूत, प्रदेश प्रमुख, प्रदेश मन्त्री तथा सांसदको तथ्याङ्क (नामावली) समावेश गरिएको जनाइएको छ । जिल्ला समन्वय समितिमा दलित र प्रज्ञा प्रतिष्ठानमा दलितको सहभागिताको तथ्यांक समेटिएको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायबाट प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिको नामावली समावेश छ ।

पुस्तकमा दलित आन्दोलनको सफलतालाई तथ्याङ्कको रुपमा दस्तावेजीकरण गरिएको छ । पुस्तकमा २००७ सालको परिवर्तनपछि हालसम्मका दलित मन्त्रीको संख्या जम्म ३४ (सहायक र राज्यमन्त्रीसहित) रहेको उल्लेख छ । प्रदेश सरकारमा हालसम्म जम्मा १० जना दलित समुदायका व्यक्ति मन्त्री भएका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका दलित सांसदको हालसम्मको संख्या १६७ रहेको छ । प्रदेश सांसदको संख्या १०९ छ । प्रदेश प्रमुखमा एक जना भने भने राजदुत ३ जना छन् । पुस्तकको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन २०७९ मा प्रमुख ३ र उपप्रमुख ९ जना निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा ६ जना र उपाध्यक्षमा ७ जना निर्वाचित भएका छन् । छ हजार ६२० जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका छन भने दलित महिला वडा सदस्यमा उम्मेदवार नपरेका वडाको संख्या १२३ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर