स्ववियु निर्वाचन : कर्णालीका यी क्याम्पसमा मतदान, मध्यपश्चिममा स्थगित (तस्बिरहरु) – Nepal Press

स्ववियु निर्वाचन : कर्णालीका यी क्याम्पसमा मतदान, मध्यपश्चिममा स्थगित (तस्बिरहरु)

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका क्याम्पसहरुमा मतदान जारी रहेको छ । यस्तै, कर्णाली राजधानीमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ९ बजेदेखि मतदान जारी छ । बहुमुखी क्याम्पसमा ३ हजार ८४ मतदाता संख्यामा हालसम्म २ हजार मत खसेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका ७ वटा आंगिक त्रिभुवन विश्वविद्यालयका १४ वटा सामुदायिक क्याम्पस रहेका छन् जसमा एक आंगिक क्याम्पस रहेको छ । मध्यपश्चिम विश्वविद्यालयमा उच्च अदालतमा मुद्दा परेपनि चुनाव स्थगित भएको छ ।

विश्वविद्यालय पछिको केन्द्रबिन्दुमा रहेको यो क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिजापतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल गरेका छन् भने अनेरास्ववियू (एस) र अनेरास्ववियुबीच तालमेल गरेको छ ।

कालिकोटको तिला कर्णाली बहुमुखीमा मतदान जारी छ । जसमा २ः३० बजेसम्म १५७ मत खसेको छ । जसमा २१३ मतदाता रहेका क्याम्पसका लेखा प्रमुख पदमबहादुर विष्टले जानकारी दिएका छन् ।

त्यस्तै, कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा विवाद भइहरेको छ । उक्त क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीच सहकार्य भएको छ भने एमाले निकट अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको छ । अनेरास्ववियुले आफ्ना माग राख्दै विवाद सिर्जना गरिरहेको छ ।

यस्तै, मुगुको रारा बहुमुखी क्याम्पस, जुम्लाको बहुमुखी क्याम्पसमा पनि मतदान जारी रहेको छ । ३९ बराबर क्याम्पसमध्ये कर्णालीका करिब १५ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ ।

साथै, दैलेखको नारायण बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ भने दोणाञ्चल क्याम्पस दुल्लूमा मदतान जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर