यस्तो छ उपत्यकाका क्याम्पसहरूमा स्ववियु निर्वाचनको माहौल (तस्बिरहरू/भिडिओ) – Nepal Press

यस्तो छ उपत्यकाका क्याम्पसहरूमा स्ववियु निर्वाचनको माहौल (तस्बिरहरू/भिडिओ)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माहौल तातेको छ । आंगिक र सम्बन्धन प्राप्त कतिपय क्याम्पसमा निर्वाचन हुन नसके पनि धेरैमा आज मतदान जारी छ।

काठमाडौँ केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाल ल, शंकरदेव, सरस्वती, पद्मकन्या, पशुपति बहुमुखी, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, मेडिसिन क्याम्पस महाराजगन्ज, त्रिवि नर्सिङ क्याम्पसलगायतमा मतदान भइरहेको छ ।

त्यस्तै उपत्यकाबाहिर पनि मतदान जारी छ । अधिकांश क्याम्पसमा सत्ता साझेदार दलहरुसँग आबद्ध विद्यार्थी संगठनको गठबन्धन र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा छ । विद्यार्थीहरू बिहान ८ बजेदेखि नै मतदानका लागि सहभागी छन् ।

क्याम्पस परिसरमा विद्यार्थी संगठनहरुले आ आफ्नो पक्षमा माहौल सिर्जना गरिरहेका छन् । अधिकांश क्याम्पसमा १५ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर