नयाँ उपराष्ट्रपति छान्न मतदान सुरू (तस्बिरहरु) – Nepal Press

नयाँ उपराष्ट्रपति छान्न मतदान सुरू (तस्बिरहरु)

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो ।

मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ ।

१० दलीय गठबन्धनमा उपराष्ट्रपतिमा सर्वसम्मत हुन सकेको छैन । गठबन्धनमा रहेका लोसपा, जनमत र नाउपाले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर