महिलाहरुलाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम – Nepal Press

महिलाहरुलाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम

महोत्तरी । महिलाहरुलाई फचुल खर्च कम गरी बचत गर्ने बानी सिकाउन महोत्तरीको बर्दिबासमा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सत्कर्म कृषि सहकारी संस्था लिमिटेड बर्दिबासले आयोजना गरेको हो ।

बर्दिबास नगरपालिकाका विभिन्न समूह, सहकारीमा आवद्ध महिलाहरुलाई वित्तीय सेवासम्बन्धी आवश्यक ञान प्रदान गर्न तालिम आयोजना गरिएको सत्कर्मकी व्यवस्थापक एवं प्रशिक्षक अम्बिका बानियाँले बताइन् ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक तथा आर्थिक सहयोगमा सुरु भएको तालिम बर्दिबास नगरपालिकाका वडाहरुमा पाँच चरणमा सञ्चालन गरिनेछ । तालिमको हरेक चरणमा २५ जना महिलाको सहभागिता रहनेछ । तालिममा पुरुष पनि सहभागी हुन सक्ने तर अनिवार्य भने महिलाको सहभागिता रहेको सत्कर्म सहकारीकी अध्यक्ष सुशीला थापाले बताइन् ।

तालिममा सहभागी महिलाहरुलाई जीवनका आवश्यकताहरुलाई विचार गरी वित्तीय लक्ष्य वा योजना बनाउन, वित्तीय सेवासम्बन्धी आवश्यक सूचनाहरु प्रदान गर्न, गलत सेवा प्रदायकहरुको छनोटबाट हुन सक्ने हानी, नोक्सानीबाट बचाउन, बचत ऋण, बीमा, विप्रेषण आदिको सही सदुपयोग गरी आफ्नो पारिवारिक आम्दानी बढाउने विषयमा जानकारी गराइनेछ ।

दैनिकजसो सहकारी तथा लघुवित्तहरु सञ्चालक फरार भएको समाचार सुनिरहेका वित्तीय संस्थालाई विश्वास गर्ने वातावरण नभएकोले यस्ता तालिमहरुले सही मार्गदर्शन गर्न सहज हुने तालिमकी सहभागी शोभा भट्टराई दाहालले विश्वास व्यक्ति गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर