माधव नेपालको निवासमा चिनियाँ राजदूत – Nepal Press

माधव नेपालको निवासमा चिनियाँ राजदूत

काठमाडौं । चिनियाँ राजदूत चेन सोङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । दुईजनाबीच नेपालको कोटेश्वरस्थित निवासमा केहीबेरअघि भेट भएको हो ।

नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विषयमा भेटघाट केन्द्रित भएको नेपालको निजी सचिवालयले जनाएको छ । भेटको क्रममा नेपालले नवनियुक्त राजदूतलाई स्वागत गरेको सचिवालयको भनाई छ ।

राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा विदेशी शक्ति राष्ट्रका प्रतिनिधिको पनि दौडधुप बढिरहेको छ । आज बिहान मात्र राजदूत सोङ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर