टर्की भूकम्प : २२७ घण्टापछि महिलाको जीवितै उद्धार – Nepal Press

टर्की भूकम्प : २२७ घण्टापछि महिलाको जीवितै उद्धार

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २२७ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको  छ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २२७ घण्टा पछि उद्धारकर्ता भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए।

त्यसपछि बुधवार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीया मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर