नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु, यस्ता छन् एजेण्डा (भिडिओ) – Nepal Press

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु, यस्ता छन् एजेण्डा (भिडिओ)

काठमाडौं ।  नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु भएको छ । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनय मोहन क्वात्रासहित मन्त्रालयका कर्मचारीहरू सहभागी छन् ।

परराष्ट्र सचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएका क्वात्रा काठमाडौं आए लगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी भएका हुन् ।

सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ ।

सचिवस्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा दिवा भोज आयोजना गरेको छ । भोजपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।

सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

विदेश सचिव क्ववत्राले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट भेट गर्ने र मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *