नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका – Nepal Press

नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफ्नो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी लगायतसँग भेटघाट गर्नेछन् ।

सोमबार र मङ्गलवार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सोमबार बिहान १०: ३० मा काठमाडौं उत्रने भारतीय  विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् ।

सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन्  ।

परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री  विमला राईसँग द्वि–पक्षीय भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मङ्गलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् ।

मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *