पहिलो हाफको अन्त्यतिर बंगलादेशको दुई गोल, नेपाल दबाबमा

२०७९ माघ २६ गते १८:४२

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको फाइनलको पहिलो हाफ समाप्त हुँदासम्म घरेलु टोली बंगलादेश २–० गोलले अगाडि रहेको छ ।
नेपालसँग भिडिरहेको बंगलादेशले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको हो । बंगलादेशी खेलाडी रिपाले नेपाली गोलकिपर अगाडि आएको मौकामा ४१ औं मिनेटमा डीबक्स बाहिरबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोल भएको थियो ।
त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनाएको हो । सिनियर राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी नाहर जुनियरले गोल गरिन् ।
प्रतिक्रिया
सम्बन्धित खवर