संघसँग प्रदेश प्रतिपक्ष हुन जरुरी छ : मुख्यमन्त्री अधिकारी – Nepal Press

संघसँग प्रदेश प्रतिपक्ष हुन जरुरी छ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघसँग प्रदेश प्रतिपक्ष हुन जरुरी रहेको बताएका छन् । गण्डकी प्रदेश सभाको ५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशका अधिकार सुनिश्चित नभएसम्म संघको प्रतिपक्ष हुन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘पहिलो प्रदेश सभाको सम्बोधनमा मैले निवेदन गरेको थिएँ, हामी यहाँ पक्ष, प्रतिपक्ष हौंला । तर, हाम्रो चुनौती सामना गर्नका लागि सबै एकजुट भएर संघसँग मिलेर काम गर्नुछ । संघसँग प्रतिपक्ष भएर काम गर्नु जरुरी छ, कहिलेसम्म भने हाम्रा अधिकार सुनिश्चित नभइन्जेलसम्म ।’

अघिल्लो सरकार र प्रदेश सभाले गरेका कामलाई निरन्तरता र नयाँ कामलाई नवीनतम बनाउँदै अगाडि बढ्ने मुख्यमन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

‘साझा अधिकार केन्द्रले कानुन बनाएर दिइसकेपछि ती कानुनहरु बनाउन दृढताका साथ अगाडि बढ्ने छौं र हाम्रा २१ वटा सूचीका एकल अधिकार कार्यान्वयन गर्नमा विगत प्रदेश सभा र प्रदेश सरकारले जे कामहरु गरेका छन्, तिनलाई निरन्तरता दिनेछौं र बाँकी कामहरुलाई नवीनता थपेर प्रभावकारी प्रदेश बनाउने कुरामा हामी संकल्पबद्ध हुन्छौं,’ उनले भने ।

संघले पूर्ण रुपमा अधिकार नदिँदा धेरै कठिनाइ भोगको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । ‘प्रदेशमा कठिनाइ छदैँ छन् । हामी सबैले महशुस गर्यौं, कसरी प्रदेश मजबुत बनाउन सकिन्छ, साचौं तर, अगाडि बढ्ने सन्दर्भमा जे छ हामीसँग त्यहिँ अनुसार अगाडि बढौं,’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेश सभा तथा प्रदेश सरकारबाट जनतालाई छुने कार्यक्रमहरु अगाडि बढाउन सक्यौं भने प्रदेश मजबुद हुदैँ जाने गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले बताए । ‘प्रदेश सभा तथा प्रदेश सरकारबाट जनतालाई छुने गरेर हामीले आफ्ना कार्यक्रमहरु अगाडि बढाउन सक्यौं भने प्रदेश मजबुद हुदैँ जान्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर