आफूविरुद्ध गलत समाचार लेख्ने मिडिया घेर्ने र कारबाही गर्ने रवि लामिछानेको चेतावनी – Nepal Press

आफूविरुद्ध गलत समाचार लेख्ने मिडिया घेर्ने र कारबाही गर्ने रवि लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेख्ने मिडिया घेर्ने र कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘अब उप्रान्त मेराविरुद्ध गलत समाचार र कपोकल्पित समाचार लेख्ने मिडिया हाउस घेर्न म कार्यकर्ता र शुभचिन्तक लिएर जान्छु, कारबाही गर्छु’, लामिछानेले भने ।

उनले विभिन्न मिडियाका सम्पादक र मालिकको नाम लिएर राजनीति गर्ने भएर चितवनमा उप निर्वाचन लड्न आउन चुनौती दिए । ‘तपाईंहरु मिडिया चलाउनुस् । राजनीति गर्ने भए चितवनमा उपचुनाव लड्न आउनुस्’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर