कर्णालीका भौतिक पूर्वाधार मन्त्रीको दाबी- वार्षिक १० हजारलाई रोजगारी दिन्छौँ


सुर्खेत । भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्री मंगल शाहीले कर्णाली समृद्धिको अभियानमा भौतिक पूर्वाधार र रोजगारको विषयमा सरकार अगाडि बढेको जानकारी दिए ।
शाहीले शनिवार सञ्चारकर्मीसँग कर्णालीमा वार्षिक १० हजार जनालाई रोजगारी दिने कार्यक्रम बनाएर अध्ययन प्रक्रियामा रहेको बताए ।
भौतिक मन्त्री शाहीले कर्णालीमा बजेट खर्च कम हुनुमा निर्वाचनको कारणले ढिला हुन् पुगेको बताए । उनले भने, ‘कर्णालीमा कर्मचारी संख्या कम रहेको छन् । सबै मन्त्रालयमा हेर्दा कर्णालीमा कर्मचारी समायोजन भएर आउन चाहेका छैनन् ।’
शाहीले कर्णालीमा निजामती सेवा ऐन नबन्दा अदालतले विज्ञापनहरू रोक्दा प्रदेश लोकसेवा मार्फत कर्मचारीको पदपूर्ति हुन् नसकेको जानकारी दिए ।
उनले भने, ‘केन्द्रबाट समायोजन भएर आउने कर्मचारीहरूको संख्या कम रहेको छ । त्यसैले विकासका कामहरू गर्न सकिएको छैन ।’
भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयमा प्राविधिक कर्मचारी निकै कम रहेका छन् ।
उक्त मन्त्रालयमा ७२ जना कर्मचारीको रिक्त दरबन्दी रहेको छ । जसमा ६० जना प्राविधिक कर्मचारी खाली रहेको मन्त्री शाहीले जानकारी दिए ।