टाइगर कपको उपाधि गण्डकीलाई, खेलमा दर्शक र खेलाडीबीच बोतल हानाहान – Nepal Press

टाइगर कपको उपाधि गण्डकीलाई, खेलमा दर्शक र खेलाडीबीच बोतल हानाहान

पोखरा । तेस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

टाइगर ग्रुप अफ पोखराको पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिवार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–२ सेटले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

पहिलो सेट १६–२५ ले गुमाएको गण्डकी प्रदेशले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा २८–२६ ले एपीएफले आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै १५–८ जित निकाल्दै उपाधि चुम्न सफल भयो ।

उपाधि चुमेको गण्डकीले नगद ५ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको एपीएफले २ लाख ५० हजार प्राप्त गर्‍यो ।

तेस्रो बनेको नेपाल पुलिस क्लबको १ लाख २५ हजार र सान्त्वना त्रिभुवन आर्मी क्लबले ६५ हजार पायो । गण्डकी प्रदेशका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

वेष्ट स्पाइकरमा एपीएफका टेकराज अवस्थी, वेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतीय खेलाडी नितिन, वेष्ट सेटरमा गण्डकीका विवश आले, वेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र वेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए । पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेश केसी भए ।

खेलाडी र दर्शकबीच बोतल हानाहान

फाइनल खेल गण्डकी प्रदेश र एपीएफबिच भइरहेको थियो । पहिलो सेट एपीएफ र दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । चौथो सेटको खेल चलिरहेको थियो, खेल प्रतिस्पर्धात्मक भइरहेको थियो ।

सोही क्रममा एपीएफका खेलाडीलाई दर्शकदिर्घाबाट बोतल प्रहार भयो । त्यसपछि एपीएफका खेलाडीले बोतल फर्काए र खेल विवादित बन्यो । त्यसपछि दर्शकबाट बोतल प्रहार भइरह्यो । केही समय खेल रोकिन पुग्यो । सुरक्षाकर्मीबाट स्थिति नियन्त्रणमा लिनुपर्‍यो । स्थिति नियन्त्रणमा आयो र खेल पुनः सुचारु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर