अखिल क्रान्तिकारीको विवाद देशभर फैलियो, कार्की समूहले गर्‍यो समानान्तर कमिटी विस्तार (पूर्णपाठ) – Nepal Press

अखिल क्रान्तिकारीको विवाद देशभर फैलियो, कार्की समूहले गर्‍यो समानान्तर कमिटी विस्तार (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ।

पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै पवन कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेको हो। यसअघि केन्द्रमा मात्रै समानान्तर समिति थियो।

कार्कीको अध्यक्षतमा बसेको केन्द्रीय आयोग प्रमुखहरू, प्रवक्ता÷ विभागीय प्रमुखहरू, प्रदेश समिति र विश्वविद्यालय राष्ट्रिय समितिका इन्चार्ज रसंयोजकसहितको कार्यालय टिम र विभागीय सचिवहरूको बैठकले समानान्तर कमिटी विस्तार गरेको हो।

बैठकले सातै प्रदेश समितिका इन्चार्ज, जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक, महानगरपालिका समितिका संयोजक र सह संयोजक, जिल्ला समन्वय समितिका इन्चार्ज र सहइन्चार्ज तोकेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

बैठकले संगठनको केन्द्रीय समितिमा रिक्त रहेको संख्या पदपूर्ति गर्ने र सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी सहित कार्यविभाजन गर्ने समेत निर्णय गरेको छ।

अखिल (क्रान्तिकारी) को विधानको धारा २१ र २२ अनुसार सबै जिल्ला समितिहरु जिल्ला समन्वय समितिको रुपमा परिवर्तन गरिएको हुँदा विधान लाई कार्यान्वयन गर्न सबै जिल्ला समितिहरुलाई जिल्ला समन्वय समितिको रुपमा लाने समेत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सबै प्रदेश समिती र विश्वविद्यालय राष्ट्रिय समितिकोहरुको १५ दिन भित्र भेला तथा बैठक बसि प्रदेश र विश्वविद्यालय राष्ट्रिय समितिहरुको पदाधिकारी सहित पुर्णता प्रदान गर्ने निर्णय समेत गरेको छ।

यस्तै, स्ववियु निर्वाचनमा संगठनलाई विजय गराउन संगठनको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णयसहित संगठनका केन्द्रीय संयोजक कार्कीको संयोजकत्वमा देशभरका नेता कार्यकर्ता रहेको स्ववियु निर्वाचन परिचालन समिती निर्माण गर्ने निर्णय पनि गरेको छ।

सबै प्रदेश समिति, राष्ट्रिय समित, जिल्ला समिति, पालिका र क्याम्पस समितिहरुले स्ववियु निर्वाचन परिचालन समिती निर्माण गरि स्ववियुको तयारीमा लाग्न निर्देशन समेत दिएको छ।

विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै निर्देशन दिएपछि अझै सहमति हुन सकेको छैन।

 

&


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर