पशुपतिबाट माया र प्रेमले लिए शपथ (भिडिओ) – Nepal Press

पशुपतिबाट माया र प्रेमले लिए शपथ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा सदस्यद्वय माया राई र प्रेम आलेले मंगलबार शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानून समितिको हलमा सांसदद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका छन् । पूर्वमन्त्रीसमेत रहेका आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन । राई भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी हुन्।

यसअघि सांसदद्वय शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर