रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको जित – Nepal Press

रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं । मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गरेको छ ।

शनिवार रातिको जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिन सफल भएको छ । पराजित उल्भ्स १७ खेलमा १३ अंकका साथ रेलिगेशन क्षेत्रमा रह्यो ।

उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स मैदानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रसफोर्डले खेलको ७६ औँ मिनेटमा गोल गरेका हुन् ।

४६ औँ मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका रसफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई तीन अंक जोडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *