चीनले कोभिड-१९ को रियल टाइम विवरण सार्वजनिक गर्नुपर्छ : डब्लुएचओ – Nepal Press

चीनले कोभिड-१९ को रियल टाइम विवरण सार्वजनिक गर्नुपर्छ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनद्वारा कोभिड-१९को सँग सम्बन्धित रियल टाइम विवरण सार्वजनिक गर्नु पर्ने धारणा व्यक्त गरेको छ ।

कोरोना महामारीका कारण जारी प्रतिबन्ध हटाएसँगै चीनमा कोरोना सङ्क्रमित संख्यामा व्यापक बढोत्तरी देखिएको कारण चीनले संक्रमणसँग सम्बन्धित विवरण सार्वजनिक गर्नु पर्ने डब्लुएचओको भनाई छ ।

डब्लुएचओले चीनमा रहेका संक्रमितको संख्या, इन्टेसिभ केयरमा रहेका बिरामी संख्या , संक्रमणका कारण मृत्यु भएकाको संख्या तथा भ्याक्सिनेसनसँग सम्बन्धित विवरण सार्वजनिक गर्न चीनसँग माग गरेको छ ।

‘डब्लुएचओले महामारीको अवस्थाको बारेमा विशेष र वास्तविक(समय डेटाको नियमित साझेदारीको लागि चीनलाई फेरी आग्रह गरेको छ ।’ चिनियाँ अधिकारीहरूसँगको वार्तापछि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विवरणले चीनमा कोभिड-१९ को प्रभाव कम गर्न र भ्याक्सिनको सहज आपूर्तिको लागि संगठनलाई सहयोग गर्ने पनि जनाइएको छ । चीनमा कोरोना संक्रमणका केसहरू बढेसँगै संयुक्त राज्य अमेरिका, स्पेन, फ्रान्स, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानले चीनबाट आउने यात्रुहरूका लागि कोभिड परीक्षण अनिवार्य गरेका छन् ।

यस्तै इङ्गल्यान्डले भने चीनबाट इङ्गल्यान्ड आउन चाहने यात्रुले फ्लाइट बोर्ड गर्नु पूर्वनै कोभिड-१९ नेगेटिभ रिपोर्ट पेश गर्नु पर्ने प्रावधान लागु गरेको छ । यस्तै कोभिड–१९ को विकासबारे विश्व स्वास्थ्य संगठनको प्राविधिक सल्लाहकार समूहको बैठक मङ्गलवार बस्ने पनि जनाइएको छ ।

उक्त बैठकमा चिनियाँ वैज्ञानिकहरूलाई भाइरल सिक्वेन्सिङको रियल टाइम विवरण पेश गर्न पनि अनुरोध गरिएको छ । हाल चिनियाँ सरकारले दैनिक ५ हजारको हाराहारीमा नयाँ संक्रमणको रिपोर्टिङ गरिरहेको छ यद्दपि हाल चीनमा दैनिक १० लाखको हाराहारीमा संक्रमण रहेको विज्ञहरूको दाबी छ ।

चीनको आधिकारिक विवरण अनुसार डिसेम्बरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १५ जनाइएको छ । यद्यपि बेलायतमा आधारित स्वास्थ्य डाटा फर्म एयरफिनिटीले बिहीबार मात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार हाल चीनमा दैनिक ९ हजार जनाले ज्यान गुमाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर