देउवाका विश्वासपात्र अर्याललाई जम्मा २ मत, प्रस्तावक डोल्मा र समर्थक सुनितामध्ये कसले दियो धोका ? – Nepal Press
प्रदेश १

देउवाका विश्वासपात्र अर्याललाई जम्मा २ मत, प्रस्तावक डोल्मा र समर्थक सुनितामध्ये कसले दियो धोका ?

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेताका लागि उम्मेदवार बनेका पार्टी सभापति शेरबहादुर देउवानिकटका अमृत अर्याललाई जम्मा २ मत आएको छ । यस प्रदेशमा कांग्रेसका २९ सांसद छन् ।

तीमध्ये संस्थापन पक्षका अर्यालको २ मत मत आएको निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले बताए । उनको समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरुङ्ग र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ्ग थिए । निर्वाचन परिणामपछि समर्थक र प्रस्तावककै मत नआएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ता अन्तर्घात भएको भन्दै आक्रोशित बनेका छन् ।

परिणामपछि अर्याल कुनै प्रतिक्रिया नदिई निर्वाचनस्थलबाट हिँडेका छन् । सत्ता समीकरण फेरिनुअघिसम्म प्रदेश १ मा संस्थापन पक्षका सांसदहरू बढी रहेको चर्चा थियो । २९ मध्ये १२ जना संस्थापन पक्षका सांसद देखिएका थिए । निर्वाचनमा विजयी भएका उद्धव थापाको पक्षमा ९ र कोइराला पक्षका केदार कार्कीको पक्षमा ८ सांसद रहेको चर्चा थियो ।

तर, गठबन्धन भत्किएसँगै समीकरण फेरिएर सिटौलाको पक्षमा मत बढेको चुनावी नतिजाले देखाएको छ ।

दलको नेता बनेका थापालाई देउवाका विश्वास पात्रहरू ज्ञानेन्द्र कार्की र रामेशजंग रायमाझीले काँध हालेका थिए । संस्थापन पक्षका नेताका रूपमा चिनिएका प्रदेश १ का प्रभावशाली नेताहरू रामहरी खतिवडा र विजय गच्छदारले समेत थापालाई सहयोग गर्दा संस्थापन पक्षले लज्जास्पद हार व्यहोर्नुपरेको हो । गच्छदारनिकट दुई सांसद थिए । तीमध्ये अर्यालको प्रस्तावक बसेकी सुनिता गुरुङ्ग एक हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर