अर्थमन्त्रीसँगको छलफलपछि व्यवसायीको आन्दोलन स्थगित – Nepal Press

अर्थमन्त्रीसँगको छलफलपछि व्यवसायीको आन्दोलन स्थगित

काठमाडौ । चर्को ब्याजदरविरुद्ध आन्दोलन गरिररहेका व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नयाँ सरकार बनेपछि समस्या समाधानको पहल गर्ने आश्वासन पाएपछि उनीहरुले आन्दोलन स्थगन गरेका हुन्।

बुधबार आन्दोलनरत पूर्वका व्यवसायीसँग अर्थमन्त्री विष्णु पौडेलले छलफल गरेका छन् । अर्थमन्त्रालयको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले नेतृत्व गरेकी थिइन् ।

उनले अर्थमन्त्रीसँगको छलफलपछि ब्याजदरविरुद्धको आन्दोलन स्थगित भएको नेपाल प्रेसलाई जानकारी दिइन् । बुधबार भएको छलफलमा पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी थिए।

मंगलबार मात्रै अर्थमन्त्री पौडेलले विभिन्न व्यवसायीको छाता संस्था उद्योग बाणिज्य महासंघ र उद्योग परिसंघ सँग छुट्टा छुट्टै छलफल गरेको थिए । सो छलफलमा पनि गभर्नर सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर