पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य – Nepal Press
नेपाल टी-२०

पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

काठमाडौं । पोखरा एभेन्जर्सले जारी नेपाल टी-२० लिगमा विराटनगर सुपर किङ्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको छ ।

पोखराको ब्याटिङमा कुशल मल्ले सबैभन्दा धेरै ३७ रनको योगदान गरे । उनले १८ बल खेल्दै समान तीन चौका र छक्का प्रहार गरे ।

ओपनर सुमित महर्जन ९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । आसिफ शेख १० रनमा आउट हुँदा कप्तान उपुल थरंगाले २८ बलमा १९ रन मात्रै बनाएर पभेलियन फर्किएका थिए ।

सिद्दान्त लोहनी १९ बलमा तीन चौकासहित २६ रन जोडेर आउट हुँदा प्रतिस जिसी ११ रनमा अविजित रहे । त्यो बाहेक पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका हुसेन टलत र राज ननन्ले समान दुई विकेट लिए । नन्दन यादव, रजिन ढकाल, कप्तान आन्द्रे माकर्थी र साहब आलमले समान एक विकेट लिए ।

लगातार तीन खेल हारेको पोखरा र दुई खेल हारेको विराटनगर दुवै टीम पहिलो जितको खोजीमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *