एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन – Nepal Press

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन

काठमाडौं । नेकपा एमाले राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् । संघीय संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले दाहाललाई दलको नेता मनोनीत गरेका हुन् ।

यसअघि संसदीय दलको नेता रहेका खिमलाल भट्टराईले रुपन्देही ५ मा चुनाव लड्न भनेर राजीनामा दिएपछि सो पद रिक्त थियो । भट्टराईले सो क्षेत्रमा चुनाव पनि लड्न पाएनन् ।

झापाका दाहाल एमाले स्थानीय तह विभागका प्रमुख पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर