भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद् बैठकमा जान नपाउने – Nepal Press

भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद् बैठकमा जान नपाउने

काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ । उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए ।

गुरुङको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै उक्त मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि स्वतः निलम्बनमा रहने कानूनी व्यवस्थाअनुसार उनी निलम्बनमा परेको संघीय संसद सचिवालयले जनाएको छ ।

अख्तियारले विशेष अदालतमा मुद्दा विचाराधीन भएकोले अख्तियारले निलम्बन गर्न लेखी पठाएअनुसार उनी स्वत: निलम्बन भएको महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

उनले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गरेका थिए । निर्वाचित गुरुङले २ हजार ५७५ मत प्राप्त गर्दा गुरुङले २ हजार २४७ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर