एलेक्स ब्लेकको विस्फोटक ब्याटिङमा काठमाडौंले जनकपुरलाई दियो २०९ रनको विशाल लक्ष्य – Nepal Press

एलेक्स ब्लेकको विस्फोटक ब्याटिङमा काठमाडौंले जनकपुरलाई दियो २०९ रनको विशाल लक्ष्य

काठमाडौं । शीर्ष क्रमका ब्याटर एलेक्स ब्लेकको विस्फोेटक ब्याटिङमा काडमाडौं नाइट्सले जनकपुर रोयल्सलाई जारी नेपाल टी-२० लिगमा २०९ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैै २०८ रनको विशाल योगफल तयार पारेको छ ।

काठमाडौंका लागि ओपनर विरन्दीप सिंह ३४ बलमा ७ चौका र २१ छक्कासहित ४९ रन र लोकेश बम ८ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाएर आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका एलेक्स ब्लेकले काठमाडौंको इनिङ सम्हालेका थिए ।

उनले जितेन्द्र मुखियाको बलमा क्याच आउट हुनु अघि ४३ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै काठमाडौंका लागि सर्वाधिक ८३ रनको योगदान गरे । ब्लेकले अज्मतुल्लाह ओमारजाईसँग ४३ रनको साझेदारी गरे ।

ओमारजाईले १५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनको अविजित इनिङ खेले ।

जनकपुरको बलिङमा पवन सर्राफले दुई विकेट लिए । सोेमपाल कामी, जितेन्द्र मुखिया, शरार्फुदिन असरर्फ र मोहमद आदिल आलमले समान १ विकेट लिए ।

पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले हराएको काठमाडौं दोस्रो खेलमा फार वेस्टर्न युनाइटेडसँग ४ विकेटले पराजित भएको थियो । यस्तै, जनकपुरले पहिलो खेलमा विराटनगर सुपर किङ्सलाई ५ विकेट र दोस्रो खेलमा पोखरालाई ५ विकेटले हराएको थियो ।

आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले पोखरालाई तीन विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको थियो ।

तस्बिरहरु : उमेश कार्की 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर