नेपाल टी-२० : लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा पोखरा – Nepal Press

नेपाल टी-२० : लुम्बिनीविरुद्ध टस हारेर ब्याटिङमा पोखरा

काठमाडौं । नेपाल टी-२० लि अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी अलस्टार्सविरूद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरूहुने खेलमा लुम्बिनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रँदै छ ।

लुम्बिनीले पहिलो खेलमा फारवेस्ट्रन युनाइटेडलाई ६७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको थियो । यस्तै, दोस्रो खेलमा विराटनगर सुपर किङ्सलाई २ रनले हराएको लुम्बिनी लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदै छ ।

यस्तै, शरद भेषावकरको कप्तानीमा रहेको पोखरा प्रतियोगितामा जितविहीन छ ।

पहिलो खेल काठमाडौं नाइट्ससँग २६ रनले हारेको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको थियो ।

पोखरा आजको खेलमा उपाधि दाबेदार टिम लुम्बिनीलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ।

आज हुने दोस्रो खेलमा काठमाडौं र जनकपुर भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *