चुनावमा प्राप्त उपलब्धिप्रति अमेरिकी राजदूतले लिङदेनलाई दिए बधाई – Nepal Press

चुनावमा प्राप्त उपलब्धिप्रति अमेरिकी राजदूतले लिङदेनलाई दिए बधाई

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले निर्वाचनमा हासिल गरेको उपलब्धिप्रति गरेकोमा राप्रपालाई बधाई दिएका छन् ।

धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा बुधबार दिउँसो पुगेका राजदूत थम्पसनले अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर आमनिर्वाचनमा राप्रपाले सम्मानजनक उपलब्धि हासिल गरेकोमा बधाई दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

साथै राजदूत थम्पसनले लिङदेनलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना पनि दिएका छन् ।

सो भेटका क्रममा पार्टी अध्यक्ष लिङदेन र राजदूत थम्पसनबीच समसामयिक विषय र दुईपक्षीय सम्बन्धको विषयमा पनि कुराकानी भएको प्रवक्ता श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर