लोकप्रिय मतमा ‘म्यान अफ दि इलेक्सन’ ओली पुष्पलालका भाइबाट सम्मानित – Nepal Press

लोकप्रिय मतमा ‘म्यान अफ दि इलेक्सन’ ओली पुष्पलालका भाइबाट सम्मानित

काठमाडौं । देशभरमै सर्वाधिक लोकप्रिय मत पाएर चुनाव जितेर कीर्तिमान कायम गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानित गरिएको छ । मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा ओली झापा ५ बाट ५२ हजार ३१९ मत सहित विजयी भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । यो चुनावमा ५० हजार मत कटाउने ओली एक्लो उम्मेदवार हुन् ।

पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका थिए ।

पाँच दलीय गठबन्धनको घेराबन्दीबीच सर्वाधिक मत पाएर जितेको उपलक्ष्यमा एमालेले ओलीलाई सम्मान गरेको महासचिव शंकर पोखरेलले बताए । पोखरेलले लोकप्रिय मतमा एमाले पहिलो र सर्वाधिक लोकप्रिय उम्मेदवारमा ओली म्यान अफ दि इलेक्सन बनेको बताए ।

सोही कार्यक्रममा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठलाई ओलीले खादा लगाएर सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर