शेखर-गगनबीच यसरी भयो ‘गिभ एण्ड टेक’ को सहमति – Nepal Press

शेखर-गगनबीच यसरी भयो ‘गिभ एण्ड टेक’ को सहमति

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं सभापति देउवाविरुद्ध उम्मेदवारीका लागि इतर समूहबाट महामन्त्री गगन थापालाई अघि सार्न शेखर र गगनबीच ‘गिभ एण्ड टेक’ को सहमति भएको छ ।

अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको सांसद सुनिल शर्माले जानकारी दिए ।

शर्माले पत्रकारसँग भने,‘अलि सिनियर मान्छे, अनुभवी मान्छे भएको हुनाले शेखर दाइलाई १५औं महाधिवेशनमा सभापति बनाउने गरी आन्तरिक रूपमा निर्णय गरेको छौं । त्यसको प्रस्तावक गगन जी बन्नुहुन्छ ।’

बसेरा होटलमा भर्खरै सकिएको बैठकमा ३८ सांसद सहभागी भएको शर्माले बताए । यद्यपि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र देउवा पक्षकै केही सांसद पनि आफ्नो साथमा भएकाले चमत्कारिक परिवर्तन हुने गगननिकट एक सांसदले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर